रसुवास्थित नदी, खोला किनारका बासिन्दालाई सचेत रहन अनुरोध « Khabarhub

रसुवास्थित नदी, खोला किनारका बासिन्दालाई सचेत रहन अनुरोध


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रसुवा– चिनियाँ भूभाग तिब्बततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा खोलाको किनारमा बस्ने स्थानीय बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
        
जिल्ला प्रशासन कार्यालय रसुवाले उत्तरी क्षेत्र केरूङलगायत चिनियाँ भूभागमा भारी वर्षा भइरहेकाले नेपालतर्फ स्थानीय भोटेकोसी नदीसहित अन्य खोलातटमा बस्ने बासिन्दालाई आफ्नो जिउधनको सुरक्षा अपनाउन अनुरोध गरेको हो ।  
 
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिब्बततर्फका चिनियाँ समकक्षीले केरुङ आसपासका भूभागमा भारी वर्षा भइरहेको भनी सजगकता अपनाउन अनुरोध गरेको र तिब्बत हुँदै नेपालतर्फ बग्ने केरुङ र ल्हेन्दे खोला मिसिएपछि भोटेकोसीका रुपमा परिचित नदीको पानीको बहाव अहिले बढिरहेकाले सचेत र सजग भइदिन स्थानीय बासिन्दासमक्ष अनुरोध गरिएको स्पष्ट गरे ।   
 
यसैगरी हाम्रा मौसमविद्ले पनि हिमाली जिल्ला रसुवालगायत आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भनी जानकारी गराइरहेका सन्दर्भमा सम्भावित जोखिमबाट बच्ने उपाय अपनाउन विशेषगरी स्थानीय नदी तथा खोलातटका बासिन्दासँग अनुरोध गरिएको स्थानीय प्रशासनले जनाएको छ ।  

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ०२ बजे

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा