रसुवास्थित नदी, खोला किनारका बासिन्दालाई सचेत रहन अनुरोध « Khabarhub

रसुवास्थित नदी, खोला किनारका बासिन्दालाई सचेत रहन अनुरोध


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रसुवा– चिनियाँ भूभाग तिब्बततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा खोलाको किनारमा बस्ने स्थानीय बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
        
जिल्ला प्रशासन कार्यालय रसुवाले उत्तरी क्षेत्र केरूङलगायत चिनियाँ भूभागमा भारी वर्षा भइरहेकाले नेपालतर्फ स्थानीय भोटेकोसी नदीसहित अन्य खोलातटमा बस्ने बासिन्दालाई आफ्नो जिउधनको सुरक्षा अपनाउन अनुरोध गरेको हो ।  
 
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिब्बततर्फका चिनियाँ समकक्षीले केरुङ आसपासका भूभागमा भारी वर्षा भइरहेको भनी सजगकता अपनाउन अनुरोध गरेको र तिब्बत हुँदै नेपालतर्फ बग्ने केरुङ र ल्हेन्दे खोला मिसिएपछि भोटेकोसीका रुपमा परिचित नदीको पानीको बहाव अहिले बढिरहेकाले सचेत र सजग भइदिन स्थानीय बासिन्दासमक्ष अनुरोध गरिएको स्पष्ट गरे ।   
 
यसैगरी हाम्रा मौसमविद्ले पनि हिमाली जिल्ला रसुवालगायत आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भनी जानकारी गराइरहेका सन्दर्भमा सम्भावित जोखिमबाट बच्ने उपाय अपनाउन विशेषगरी स्थानीय नदी तथा खोलातटका बासिन्दासँग अनुरोध गरिएको स्थानीय प्रशासनले जनाएको छ ।  

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ०२ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र