ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो « Khabarhub

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमा र नागासाकीमा खसालिएको आणविक बमसँग गरेका छन्। उनले नेदरल्यान्डस्को हेगमा बुधबार भने, ‘जसरी ती बमहरूले युद्ध समाप्त पारे, यसले पनि त्यस्तै प्रभाव पारेको छ।’

ट्रम्पले यो टिप्पणी नेदरल्यान्ड्सको हेगमा आयोजित नाटो शिखर सम्मेलनमा पत्रकारहरूसँगको कुराकानीमा गरेका हुन्।

उनले इरानको परमाणु कार्यक्रममा गरिएको हमला ‘ध्वंसात्मक’ रहेको बताए । यद्यपि केही जासुसी रिपोर्टहरूले असरको स्पष्टता नदिएको बताएका छन्।

जासुसी रिपोर्टबारे ट्रम्पले अहिले नै निष्कर्षमा पुग्न नसकिने बताए । ‘खुफिया रिपोर्ट भन्छ, ‘हामी निश्चित छैनौँ, सम्भवतः असर गम्भीर थियो।’ त्यसैले म भन्छु— हो, ‘हामीलाई थाहा छैन’ भन्ने कुरा पनि लिन सक्छौँ, तर म भन्छु, यो ध्वंसको स्तरमा पुगेको हमला थियो।’

ट्रम्पका घरेलु समर्थकहरूले सैन्य हस्तक्षेपलाई उनको ‘अमेरिका फर्स्ट’ नीतिविपरीत भनेका थिए। तर ट्रम्पले इरानलाई कहिल्यै पनि परमाणु हतियार बनाउन दिन नहुने बताएका छन् ।

‘यस हमलाले इरान र इजरायलबीचको युद्ध अन्त्य गर्‍यो। म हिरोशिमा र नागासाकीको उदाहरण दिन चाहन्न तर मलाई लाग्छ यो पनि त्यस्तै थियो’, उनले भने ।

ट्रम्पले इरानको परमाणु कार्यक्रम दशकौं पछाडि धकेलिएको पनि बताएका छन् । ‘मलाई लाग्दैन अब इरानले फेरि परमाणु हतियार बनाउन प्रयास गर्नेछ’, उनले भने, ‘उनीहरूको कार्यक्रम अब दशकौँ पछाडि धकेलिएको छ।’

युएस डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) को प्रारम्भिक मूल्याङ्कन अनुसार अमेरिकी आक्रमणले इरानको परमाणु कार्यक्रम केवल केही महिनाको लागि पछाडि धकेलिएको छ ।

तर ट्रम्प प्रशासनले इजरायली परमाणु ऊर्जा आयोगको रिपोर्ट प्रस्तुत गर्दै इरानको कार्यक्रम ‘धेरै वर्ष’ पछाडि धकेलिएको जनाएको छ।

शिखर सम्मेलनमा ट्रम्पसँगै रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रक्षा मन्त्री पिट हेगसेथले पनि जासुसी रिपोर्टप्रति शंका व्यक्त गरे।

हेगसेथले भने, ‘यो रिपोर्ट एकदमै गोप्य थियो, प्रारम्भिक र कम विश्वसनीयता भएको मूल्याङ्कन थियो। यहाँ राजनीतिक उद्देश्य लुकेको देखिन्छ।’

उता रुबियोले सञ्चारमाध्यमलाई आरोप लगाएका छन् । ‘रिपोर्टको गलत व्याख्या गरियो। यो त उनीहरूको चलाखी हो, जसरी उनीहरूले सधैं खेल खेल्छन्’, उनले भने ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ३९ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर