साताको शेयर बजार : नेप्से ११२ अङ्कले बढ्दा कारोबार खर्ब नजिक | Khabarhub Khabarhub

साताको शेयर बजार : नेप्से ११२ अङ्कले बढ्दा कारोबार खर्ब नजिक


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि लगातारजसो बढेको शेयर बजारले यो साता पनि लगानीकर्ता र कारोबारीलाई हर्षित तुल्यायो ।

साताका पूरै पाँच कारोबार दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साउन ४ गतेदेखि ८ गतेसम्म ११२ अङ्कको फड्को हान्यो ।

दैनिक औसतमा २२ अङ्कले बढेको नेप्से अन्तिम कारोबार दिनको कारोबार समय सकिँदा २९८२.६४ बिन्दुमा पुग्यो । अघिल्लो साताको बिहीबार (साउन १ गते) नेप्से परिसूचक २८७०.६३ बिन्दुमा थियो ।

साताभर नेप्सेमा ९५ अर्ब ९४ करोड ३१ लाख ७६ हजार रुपियाँ बराबरको शेय कारोबार भयो । कारोबार रकम दैनिक औसतमा १९ अर्ब १८ करोड ८६ लाख ३५ हजार रुपियाँ बराबरको हो ।

पाँच कारोबार दिनमा २१ करोड ४७ लाख १७ हजार ४९१ कित्ता शेयर कारोबार भयो । दैनिक औसतमा चार करोड २९ लाख ४३ हजार ४९८ कित्ता शेयर कारोबार भएको हो ।

साताभर आठ करोड १९ लाख ६५ पटक तथा दैनिक औसतमा एक लाख ६३ हजार ८१३ पटक शेयर किनबेच भयो ।

कुन दिन कस्तो रह्यो बजार ?

आइतबार नेप्से सामान्य अङ्कले बढेर बन्द भएको थियो । उक्त दिन नेप्से ०.३२ अङ्कले बढेर परिसूचक २८७०.९५ बिन्दुमा पुगेको थियो ।

पहिलो कारोबार दिनमा नेप्से ०.०१ प्रतिशतले बढ्दा बजारमा ६१ अङ्कको उतारचढाव चल्यो । परिसूचक उच्चतम २९२२.८४ बिन्दु र न्यूनतम २८६१ बिन्दुमा पुग्यो ।

आइतबार कारोबार रकम भने उच्च देखियो । एकै दिन २१ करोड ६४ लाख ४९ लाख ९४ हजार रुपैयाँ बराबरको पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर कारोबार भयो ।

उक्त दिन ३१६ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ७८ हजार १७६ पटक शेयर किनबेच भएको थियो ।

सोमबार पनि शेयर बजार बढेरै बन्द भएको थियो । उक्त दिन नेप्से २१.७६ अङ्कले बढेर २८९२.७२ बिन्दुमा पुगेको थियो । बजार बन्द हुँदासम्म ०.७५ प्रतिशतले बढेको नेप्सेमा ३९ अङ्कको उतारचढाव चल्यो ।

उक्त दिन नेप्से परिसूचक उच्चतम २९०२.९४ बिन्दु र न्यूनतम २८५६.८८ बिन्दु पुगेको थियो ।

सोमबार कारोबारमा भने केही कमी देखियो । उक्त दिन १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपियाँ बराबरको तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भएको थियो । दिनभर ३११ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ३८ हजार ८२८ कित्ता शेयर किनबेच भयो ।

मङ्गलबार नेप्सेमा उच्च अङ्कको वृद्धि देखिएको थियो । ८०.९७ अङ्क र २.७९ प्रतिशतले बढेर नेप्से २९७३.७० बिन्दुमा पुगेको थियो ।

मङ्गलबार बजारमा ७९ अङ्कको उतारचढाव आउँदा नेप्से परिसूचक उच्चतम २९७५.७७ बिन्दु र न्यूनतम २८९४.४८ बिन्दु पुगेको थियो । बजार उच्च अङ्कले बढेसँगै कारोबार रकम पनि उच्च अङ्कले बढेको थियो ।

मङ्गलबार दिनभरमा २० अर्ब आठ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर कारोबार भएको थियो ।

उक्त दिन दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ७७ हजार १०१ पटक शेयर किनबेच भएको थियो ।

बुधबार बजारमा दिनभरजस्तो करेक्सन देखिए पनि अन्तिम समयमा भने नेप्से बढेरै बन्द भयो । उक्त दिन नेप्से ५.१७ अङ्कले बढेर २९७८.८८ बिन्दुमा पुग्यो ।

०.१७ प्रतिशतले बढ्दा बजारमा ४० अङ्कको उतारचढाव नेप्से परिसूचक उच्चतम २९९२.२६ बिन्दु र न्यूनतम २९४७.८६ बिन्दुमा पुग्यो ।

चौथो कारोबार दिनमा शेयर कारोबार भने सामान्य रह्यो । उक्त दिन १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपियाँ बराबरको चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर कारोबार भएको थियो । ३१९ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ७० हजार ३१८ पटक शेयर किनबेच भयो ।

साताको अन्तिम दिन बिहीबार (हिजो) पनि नेपालको शेयर बजार बढेर बन्द भएको छ ।

बिहीबार नेप्से सामान्य अङ्कले बढेर बन्द भएको हो । बजार बन्द हुँदा नेप्से ३.७६ अङ्कले बढेर २९८२.६४ बिन्दुमा पुग्यो ।

उक्त दिन नेप्से ०.१२ प्रतिशतले बढ्दा २७ अङ्कको उतारचढाव देखियो । परिसूचक उच्चतम २९९० र न्यूनतम २९६३ बिन्दुसम्म पुग्दा १८ अर्ब ४९ करोड चार लाख २८ हजार रुपियाँ बराबरको तीन करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर कारोबार भयो ।

दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ५४ हजार ६४२ पटक शेयर किनबेच भयो ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : ०४ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी