शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा « Khabarhub

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुलाई २५ तारिख। गुंला पर्व आरम्भ । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुंला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ ।

हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्‍याउँछ।

यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ। व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पूजा गरिन्छ। धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ।

यिनीहरुको व्रत विधि भने अलग-अलग हुन्छन्। यो दिन सेतो कपडा लगाउनुपर्छ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ। शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ।

शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ। रंगीन वस्त्र, रेशमी कपडा, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ।

शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ। शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु राम्रो हुन्छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ३७ बजे

पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

लेखनाथ– बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश

महोत्तरीमा कोदोखेतीको क्षेत्रफल बढ्दै

महोत्तरी– पछिल्ला केही वर्षयता जिल्लामा कोदोखेतीको क्षेत्रफल बढ्दै गएको छ

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा, एमालेले एक महिनामा गुमायो प्रदेश प्रमुखदेखि सभामुखसम्म

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पदबाट राजीनामा

सहमतिबिनै २० वर्ष नपुगी विवाह, सरोकारवाला भन्छन् : कानुन कार्यान्वयन फितलो भयो

काठमाडौं– सरोकारवालाले २० वर्ष उमेर नपुगी हुने बालविवाह निरुत्साहन गर्नुपर्ने

कर्णालीका पूर्वमुख्यमन्त्री शर्माले माओवादी दलको नेताबाट दिए राजीनामा

सुर्खेत- कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय