शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रूपियाँ ९६ पैसा र बिक्री दर १३८ रूपियाँ ५६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६२ रूपियाँ ०८ पैसा र बिक्रीदर १६२ रूपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपियाँ ८१ पैसा र बिक्रीदर १८७ रूपियाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपियाँ ६२ पैसा र बिक्रीदर १७४ रूपियाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपियाँ २१ पैसा र बिक्रीदर ९१ रूपियाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपियाँ ३३ पैसा र बिक्रीदर १०१ रूपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपियाँ र बिक्रीदर १०८ रूपियाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपियाँ ४१ पैसा र बिक्रीदर नौ रूपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २८ पैसा र बिक्रीदर १९ रूपियाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ७७ पैसा र बिक्रीदर ३६ रूपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ८५ पैसा र बिक्रीदर ३८ रूपियाँ ०१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपियाँ २७ पैसा र बिक्रीदर चार रूपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ५६ पैसा र बिक्रीदर ३७ रूपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपियाँ ७३ पैसा र बिक्रीदर ३२ रूपियाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपियाँ ०७ पैसा र बिक्रीदर १० रूपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ४७ पैसा र बिक्रीदर १४ रूपियाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ७१ पैसा र बिक्रीदर २१ रूपियाँ ८१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ५७ पैसा र बिक्रीदर १७ रूपियाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपियाँ ३० पैसा र बिक्रीदर ४५४ रूपियाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपियाँ ०३ पैसा र बिक्रीदर ३६७ रूपियाँ ६३ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रूपियाँ ३३ पैसा र बिक्रीदर ३५९ रूपियाँ ८९ पैसा रहेको छ।

भारतीय रूपियाँ एक सयको खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंककले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंककले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंककको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ४२ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना