कांग्रेस पदाधिकारी बैठक : ‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्ताव आपत्तिजनक « Khabarhub

कांग्रेस पदाधिकारी बैठक : ‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्ताव आपत्तिजनक


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा देखिएको आन्तरिक असन्तुष्टि र नीतिगत मतभेदबीच पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक गरेका छन्।

शुक्रबार बिहान बूढानीलकण्ठस्थित देउवाको निवासमा बसेको बैठकमा सरकारमा सहभागी मन्त्रीहरूसमेत बोलाइएका थिए।

बैठकमा पार्टी नेतृत्वको समग्र कार्यशैली, मन्त्रिपरिषद्मा सहभागी नेताहरूको भूमिकालगायत विषयमा छलफल भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी कांग्रेस नेताहरूबीच बढ्दो असन्तुष्टि, भूमिसुधार विधेयकमा देखिएको मतभेद र निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी संशोधन प्रस्ताव बैठकका मुख्य एजेन्डा बने।

‘कुलिङ पिरियड’मा एमालेको संशोधनप्रति आपत्ति

पछिल्लो समय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधान हटाउने योजनासहित नेकपा एमालेका पाँचजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। यस प्रस्तावप्रति नेपाली कांग्रेसभित्र गम्भीर असन्तुष्टि देखिएको छ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले गठबन्धन सरकारमा रहेको एमालेले‘कुलिङ पिरियड’हटाउने संशोधन प्रस्ताव हाल्नुलाई अनैतिक भनेका छन् ।

वरिष्ठ नेता शेखर कोइरालासमेत यसबारे खुलेर असन्तुष्टि जनाइरहेका छन्। पदाधिकारी बैठकमा एमाले सांसदहरूले हालेको संशोधनलाई ‘आपत्तिजनक’ भनिएको छ ।

बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले पत्रकारहरूसँग ‘कुलिङ पिरियड’मा एमालेको संशोधन प्रस्ताव आपत्तिजनक रहेको ठहर गरिएको छ ।

उनले बैठकमा भूमिसुधारसम्बन्धी प्रस्तावित विधेयकमा कांग्रेसभित्रकै मतभेदको कुरा पनि उठेको बताए। पार्टी नेताहरूबीच यस विधेयकले दलित, सीमान्तकृत वर्ग र सामान्य जनता प्रभावित हुने भन्दै पुनरावलोकन आवश्यक भएको कुरा उठेको थियो ।

बैठकमा सरकारमा सहभागी कांग्रेस मन्त्रीहरूको कामकारबाहीबारे पनि केही आवाज उठेको बताइएको छ। तर मन्त्री फेरबदलबारे कुनै औपचारिक छलफल नभएको केसीले बताए।

‘पदाधिकारी बैठकमा सामान्य छलफल भयो। पार्टी एकीकृत ढंगले अघि बढ्नुपर्छ भन्ने निष्कर्ष आयो। तर गहिरो र नीतिगत निर्णय भएको छैन’, उनले भने ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ११ : ४५ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको