मन्त्री फेरबदलको कुरै भएन, उपनिर्वाचनबारे जिल्ला सभापतिदेखि बालकृष्ण खाँणले पनि बोले « Khabarhub

कांग्रेस पदाधिकारी बैठक

मन्त्री फेरबदलको कुरै भएन, उपनिर्वाचनबारे जिल्ला सभापतिदेखि बालकृष्ण खाँणले पनि बोले


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको छ ।

उक्त बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी थिए । शुक्रबार बिहान बूढानीलकण्ठमा बसेको यो बैठकमा कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँ र लुम्बिनी प्रदेश सभापति अमर पुनलेसमेत बोलेका थिए ।

पदाधिकारी बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाएर छलफल गरिए पनि फेरबदलबारे केही कुरा भएन।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र मन्त्रीहरूको कार्य सम्पादनलाई लिएर पार्टीमा असन्तुष्टि बढिरहँदा देउवाले छलफल पनि गम्भीर कुरा नभएको नेता अर्जुननरसिंह केसीले बताए।

पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले मन्त्री फेरबदलको विषय र अहिले सरकारको भूमिकाबारेमा कुनै कुरा नभएको बताए ।

उनले आगामी कात्तिक १७ गते हुन लागेको रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनबारे प्रारम्भिक छलफल भएको सञ्चारकर्मीहरूलाई बताएका छन् ।

उनले यसअघि चाक्सीबारीमा जुटेका सात भाइले रुपन्देही क्षेत्र नम्बर ३ मा बालकृष्ण खाणलाई अघि सार्न भने पनि यसबारे केही कुरा नभएको बताए ।

बैठकमा उपनिर्वाचनबारे जिल्ला सभापति, प्रदेश सभापति र पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणले बोलेको जानकारी पनि उनले दिए । तर कुनै नामबारे अहिले कुरा नभएको केसीले उल्लेख गरे ।

‘नाम र सम्भावनाबारे कुनै चर्चा चलेको छैन, कसैकोबारेमा कुरा पनि भनएन’, उनले भने, ‘सम्भावना क-कसको हुन्छ अहिले नै भन्न सकिँदैन, त्यस दिशामा छलफल पनि भएन।’

उनले रुपन्देही ३ को उम्मेदवारबारे ठोस निर्णय नभएको जानकारी दिए । ‘अहिलेको वस्तुगत परिस्थितिको समीक्षा गरेर अघि बढ्नुपर्छ भन्ने सहमति नेताहरूबीच जुटेको छ’, उनले भने ।

उनले बालकृष्णकै हुन पनि सक्ने बताउँदै तर त्यो सम्भावनाको कुरा मात्रै भएको उल्लेख गरे । ‘उहाँ (बालकृष्ण) कै पनि हुन सक्ला, तर यो सम्भावना मात्रै हो’, उनले भने, ‘अहिले उपनिर्वाचन, मन्त्री हेरफेरभन्दा पार्टीलाई कसरी एकताबद्ध बनाएर अगाडि बढाउने भन्ने कुरा भयो ।’

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ०० बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका