मन्त्री फेरबदलको कुरै भएन, उपनिर्वाचनबारे जिल्ला सभापतिदेखि बालकृष्ण खाँणले पनि बोले | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक

मन्त्री फेरबदलको कुरै भएन, उपनिर्वाचनबारे जिल्ला सभापतिदेखि बालकृष्ण खाँणले पनि बोले


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको छ ।

उक्त बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी थिए । शुक्रबार बिहान बूढानीलकण्ठमा बसेको यो बैठकमा कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँ र लुम्बिनी प्रदेश सभापति अमर पुनलेसमेत बोलेका थिए ।

पदाधिकारी बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि बोलाएर छलफल गरिए पनि फेरबदलबारे केही कुरा भएन।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र मन्त्रीहरूको कार्य सम्पादनलाई लिएर पार्टीमा असन्तुष्टि बढिरहँदा देउवाले छलफल पनि गम्भीर कुरा नभएको नेता अर्जुननरसिंह केसीले बताए।

पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले मन्त्री फेरबदलको विषय र अहिले सरकारको भूमिकाबारेमा कुनै कुरा नभएको बताए ।

उनले आगामी कात्तिक १७ गते हुन लागेको रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनबारे प्रारम्भिक छलफल भएको सञ्चारकर्मीहरूलाई बताएका छन् ।

उनले यसअघि चाक्सीबारीमा जुटेका सात भाइले रुपन्देही क्षेत्र नम्बर ३ मा बालकृष्ण खाणलाई अघि सार्न भने पनि यसबारे केही कुरा नभएको बताए ।

बैठकमा उपनिर्वाचनबारे जिल्ला सभापति, प्रदेश सभापति र पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणले बोलेको जानकारी पनि उनले दिए । तर कुनै नामबारे अहिले कुरा नभएको केसीले उल्लेख गरे ।

‘नाम र सम्भावनाबारे कुनै चर्चा चलेको छैन, कसैकोबारेमा कुरा पनि भनएन’, उनले भने, ‘सम्भावना क-कसको हुन्छ अहिले नै भन्न सकिँदैन, त्यस दिशामा छलफल पनि भएन।’

उनले रुपन्देही ३ को उम्मेदवारबारे ठोस निर्णय नभएको जानकारी दिए । ‘अहिलेको वस्तुगत परिस्थितिको समीक्षा गरेर अघि बढ्नुपर्छ भन्ने सहमति नेताहरूबीच जुटेको छ’, उनले भने ।

उनले बालकृष्णकै हुन पनि सक्ने बताउँदै तर त्यो सम्भावनाको कुरा मात्रै भएको उल्लेख गरे । ‘उहाँ (बालकृष्ण) कै पनि हुन सक्ला, तर यो सम्भावना मात्रै हो’, उनले भने, ‘अहिले उपनिर्वाचन, मन्त्री हेरफेरभन्दा पार्टीलाई कसरी एकताबद्ध बनाएर अगाडि बढाउने भन्ने कुरा भयो ।’

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ०० बजे

चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता

एजेन्सी– दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपश्चिम गुसान

प्रहरी कार्यालयमा आगजनी गर्ने १० जना पक्राउ

दमक– जेन-जी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट

काठमाडौं- काठमाडौं महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि

राजनीतिक अस्थिरताको फाइदा लिन खोज्दै सीके राउत, भने- मौका यही हो, मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ

जनकपुरधाम- सोमबार बिहानै ४ बजे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले

घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो

तुलसीपुर– घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको