‘जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक’ « Khabarhub

‘जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक’


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेनान– उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताएकी छन्।

शुक्रबार चीनको हेनान प्रान्तमा आयोजित साङ्घाई सहयोग मञ्चको कार्यक्रम ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षा विषयक’ सत्रमा सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका प्रमुखको हैसियतले उपसभामुख रानाले विश्वजलवायु परिवर्तनमा खासै योगदान नभएको हिमाली मुलुक नेपाल सबैभन्दा बढी प्रभावित भई त्यसको प्रत्यक्ष असर सामना गर्नुपरेको बताइन् । 

‘हामीले यो संकट निम्त्याएका होइनौँ, तर पनि हामी समाधानको हिस्सा बन्न तयार छौँ’, उनले भनिन्, ‘जलवायु परिवर्तनका असर कम गर्न, हरित ऊर्जा प्रवर्द्धन गर्न र जलवायु न्याय सुनिश्चित गर्न जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको खाँचो छ । यसतर्फ विश्वजगतबाट साथ सहयोग प्राप्त हुने विश्वास लिएकी छु ।’ 

सम्बोधनका क्रममा उपसभामुख रानाले हिमाली राष्ट्रका रूपमा नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहनु, हिमनदी पग्लनु र छिटो मौसम परिवर्तन हुनुका साथसाथै ग्रामीण र हिमाली क्षेत्रमा प्रतिकूल प्रभाव पारिरहेको घटनाक्रम प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण नेपाल अप्ठ्यारो स्थितिमा रहेको भनी अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराइन्। 

उपसभामुख रानाले जलवायु परिवर्तन, असमानता र क्षेत्रीय तनावजस्ता समसामयिक चुनौतीहरू कुनै एक देशले मात्रै समाधान गर्न नसक्ने भन्दै त्यसका लागि साङ्घाई सहयोग मञ्चजस्ता क्षेत्रीय साझेदारी ‘प्लेटफर्म’हरू प्रभावकारी हुने धारणा राखिन्। 

शान्तिपूर्ण ढङ्गबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहित अघि बढेको नेपालले संवाद, राजनीतिक इच्छाशक्ति र जनसहभागिताका माध्यमबाट महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले विकास प्रक्रियामा गरिबी निवारण र वातावरण संरक्षणलाई समान रूपमा महत्व दिनुपर्ने धारणा व्यक्त गरिन् । 

‘दिगो, सन्तुलित र निष्पक्ष विकासले मात्रै समावेशी अर्थतन्त्र निर्माण गर्न सकिन्छ’, उनले बताइन्। 

नेपालले प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिँदै आएको स्पष्ट पार्दै उनले चीनलगायत छिमेकी मुलुकसँग पूर्वाधार निर्माण, व्यापारिक सम्बन्ध विस्तार र जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने दिशामा सहकार्य गरिरहेको जानकारी दिइन् । 

कार्यक्रममा नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान, सहयोग, सहकार्य, वातावरणीय दिगोपन र साझा लाभमा आधारित रहेको उल्लेख गर्दै उपसभामुख रानाले वातावरणीय सन्तुलनसहित शान्ति र प्रगतिका पक्षमा प्रतिबद्धता जनाइन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : २९ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि