कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ थाइल्याण्डको चेतावनी « Khabarhub

कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ थाइल्याण्डको चेतावनी


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्डले कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ चेतावनी दिएको छ । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथान वेचायाचाइले यस्तो चेतावनी दिएका हुन् ।

शुक्रबार दुई मुलुकबीचको तनाव दोस्रो दिन पनि जारी रहेका बेला थाई नेताको यस्तो चेतवानी आएको हो । बिहीबार शुरु भएको पछिल्लो तनावका क्रममा हालसम्म १६ जनाको ज्यान गइसकेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मारिनेमा १५ जना थाइल्याण्डका छन् भने एक जना कम्बोडियाका छन् ।

थाइल्याण्डको सीमावर्ती सिसाकेत, उबोन राट्चाठानी र सुरिन प्रान्त तथा कम्बोडियाको रत्नाकिरी, ओद्दार मेन्चे, स्तुङ त्रेङ र पेरा विहार झडपका घटना भएका छन् ।

झडपपछि थाइल्याण्डमा १ लाख जना र कम्बोडियामा १ हजार ५ सय परिवार विस्थापित भएको बीबीसीले जनाएको छ ।

यसअघि बिहीबार कम्बोडिया र थाइल्याण्डले एक अर्कामाथि गोलाबारी गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : ३१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली