बन्धक बनाइ मानब बेचबिखन गर्ने दुई जना पक्राउ « Khabarhub

बन्धक बनाइ मानब बेचबिखन गर्ने दुई जना पक्राउ


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।

निजहरूलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । 

उनका अनुसार प्रतिवादी राजकुमार अच्छामीसमेतका व्यक्तिले जाहेरवालालाई भारतमा चालकको काममा लगाइदिने र खाना, बस्नबाहेक मासिक तलब ३५ हजार भारु तथा ओभरटाइमसमेत हुन्छ भनी प्रलोभनमा पारेर भारत लगी बन्धक बनाएर बेचबिखन गरेका खुलेको छ । 

‘अनुसन्धानमा पीडितलाई राजकुमारले गत वैशाख १९ गते काठमाडौँ बल्खुबाट पर्सा वीरगञ्ज पुर्‍याइ रेशमबहादुरलाई हस्तान्तरण गरेका गरेका थिए । त्यहाँबाट उनले अटोरिक्सामा राखी भारतको रक्साल हुँदै पटना पुर्‍याएका हुन्’, प्रहरी उपरीक्षक कुँवरले भने ।

पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाइनामिक कम्पनीमा प्रतिव्यक्ति १० हजार तिर्न लगाइ सात दिनसम्म तालिमका नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएका अनुसन्धानमा खुलेको प्रवक्ता कुँवरले बताए। 

उनले भने, “पटनामा अन्य मानिसलाई फेसबुकमा इन्भाइट गर्न लगाई जाहेरवालालगायत अन्य पीडितलाई उक्त ठाउँमा घर परिवारसँग सम्पर्क हुन नदिने तथा खान बस्न नदिइ डर, त्रास, धाकधम्की दिई फेसबुक मेसेन्जरमा अन्य मानिससँग नयाँ आइडी बनाई कुरा गर्न लगाएका थिए ।”

 विभिन्न प्रलोभनमा पारी भारत बोलाई मोबाइलबाट अनलाइन स्क्यामिङका काम गर्न बाध्य बनाएका पाइएको पनि उनले बताए ।

दुई लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागजसमेत गरी करिब थप दुई महिनासम्म बन्धक बनाएको पाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए । दुई महिनामा पछि पीडित उम्किएर साउन १ गते नेपाल आएका र ब्युरोमा मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मानव तस्करी कसुरमा जाहेरी दर्ता गरेका थिए ।

जाहेरीको अनुसन्धान गरी साउन ५ गते मुद्दा दर्ता गरिएका उनीहरूको खोजतलासका क्रममा राजकुमार अछामीलाई काठमाडौँको बल्खुबाट र रेशमबहादुर खत्रीलाई पर्सा पक्राउ गरिएको कुँवरले बताए। 

आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीहरूलाई पाँच दिनको म्याद थप भई अनुसन्धान थालिएको उनले जानकारी दिए । 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : १७ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि