कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान « Khabarhub

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीमा गत आर्थिक वर्ष २०८१-८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई दुई करोड चार लाख ९२ हजार अनुदान वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले दूध उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रतिलिटर रु पाँच र दोस्रो चरणमा प्रतिलिटर तीनका दरले अनुदान दिएको हो ।

व्यावसायिक किसानले उत्पादनका आधारमा अनुदान पाएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए। उनका अनुसार जिल्लाका दुग्ध उत्पादक किसानले समूह तथा सहकारी संस्थाबाट प्रदेश सरकारले दिएको अनुदान रकम पाएका हुन् ।

उनका अनुसार कार्यालयले अनुदानका लागि आह्वान गरेकामा २६ वटा सहकारी संस्था छनोट भएका थिए । सहकारीका माध्यमबाट किसानलाई अनुदान रकम वितरण गरिएको थियो । 

कूल ५१ लाख १४ हजार नौ सय ६३ लिटर दूधमा अनुदान दिइएको कार्यालयले जनाएको छ । उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषिकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन नपाउने भएकाले यसप्रति किसानको आकर्षण बढेको पशु विकास अधिकृत पाण्डेले बताए ।

उनले भने, ‘उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्दछ, भन्ने किसानको माग हो । जसले बढी उत्पादन गर्छ, उसैले सरकारबाट बढी अनुदान रकम पाउने गरी प्रोत्साहन कार्यक्रम ल्याएका हौँ । उत्पादन गर्न यस कार्यक्रमले सहयोग पुगेको छ ।’

गण्डकी प्रदेश सरकारले पाँच वर्षदेखि किसानलाई दूध उत्पादनमा अनुदान रकम दिँदै आएको छ । अनुदान पाउनका लागि किसानले सहकारी संस्थामार्फत दूध बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले दिने अनुदान किसानले चौमासिक रूपमा प्राप्त गर्दछन् । 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : ४६ बजे

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी