वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारिसाधन आयात | Khabarhub Khabarhub

वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारिसाधन आयात


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारिसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८० करोड ४५ लाख राजस्व संकलन गरेको हो । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीयभन्दा इन्धनबाट चल्ने सवारिसाधन बढी भित्रिएका छन् । गत आवमा १२ करोड छ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनको आयातबाट  १९ करोड ७४ लाख राजस्व संकलन भएको उनले जानकारी दिए। 

सोही अवधिमा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका रु १३ करोड चार लाख मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । एक सय एक किलोवाटदेखि दुई सय किलोवाट क्षमताका रु २४ करोड ८० लाख मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४३ करोड दुई लाख मूल्य पर्ने एक हजार ८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन् । 

प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार १२ करोड छ लाख मूल्य पर्ने दुई सय एक किलोवाटदेखि तीन सय किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन् । 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : ५७ बजे

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई