वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारिसाधन आयात « Khabarhub

वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारिसाधन आयात


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारिसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८० करोड ४५ लाख राजस्व संकलन गरेको हो । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीयभन्दा इन्धनबाट चल्ने सवारिसाधन बढी भित्रिएका छन् । गत आवमा १२ करोड छ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनको आयातबाट  १९ करोड ७४ लाख राजस्व संकलन भएको उनले जानकारी दिए। 

सोही अवधिमा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका रु १३ करोड चार लाख मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । एक सय एक किलोवाटदेखि दुई सय किलोवाट क्षमताका रु २४ करोड ८० लाख मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४३ करोड दुई लाख मूल्य पर्ने एक हजार ८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन् । 

प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार १२ करोड छ लाख मूल्य पर्ने दुई सय एक किलोवाटदेखि तीन सय किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन् । 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : ५७ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि