एमालेको निर्णयलाई विद्याको चुनौती- राजनीतिमा लाग्न संविधानले रोकेको छैन « Khabarhub

एमालेको निर्णयलाई विद्याको चुनौती- राजनीतिमा लाग्न संविधानले रोकेको छैन


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा लाग्न संविधानले नरोक्ने बताएकी छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा भण्डारीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताइन् ।

सम्बोधनका क्रममा उनले आमसञ्चार माध्यम पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट आफ्नाो भावि राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको बताइन् । ‘विगत एक वर्षदेखि त व्यापक रुपमै मेरा बारेमा सञ्चारमाध्यमले सरोकार राखेको सबैलाई अवगतै छ,’ उनले भनिन्, ‘राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषय साथै अन्तराष्ट्रिय राजनीति परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन मनन गर्दैं आएको छु ।’

भण्डारीले आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने / नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराएको बताइन् ।

यसैसाता (सोमबार) सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा प्रवेश नदिने भन्दै सदस्यता नै निलम्बनमा राख्ने निर्णय गरेको थियो । तर सक्रिय राजनीतिमा फर्कन आफूलाई कसैले नरोक्ने भण्डारीले बताउँदै आएकी छिन्‌ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : ०३ बजे

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती