मेरो पार्टी सदस्यतामा विवाद गर्नुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

मेरो पार्टी सदस्यतामा विवाद गर्नुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकाले विवाद गर्नुपर्ने विषय नभएको बताएकी छन् । काठमाडौंको बबर महलस्थित कार्की ब्यांकेटमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर उनले यस्तो बताएकी हुन् । 

‘मेरो पार्टी सदस्सयता नवीकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन,’ भण्डारीले भनिन्, ‘म राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आवद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नु पर्ने विषय होइन ।’ 

पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीति गर्न पाउनु संवैधानिक अधिकार भएको समेत जिकिर गरिन् ।

 ‘यो संवैधनिक अधिकारमात्र होइन, बरु राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ,’ उनले भनिन्, ‘बाँकी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा म पुगेको हुँ ।’

भण्डारीले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा नाम दर्ज गरिसकेको भन्दै आफूमा कुनै पदका प्रति मोह नभएको पनि प्रष्टीकरण दिइन् । ‘कुनै पदप्रति लालसा, महत्वकांक्षा र आशक्ति ममा छैन,’ उनले भनिन्, ‘किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु ।’

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : ०६ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले