मेरो पार्टी सदस्यतामा विवाद गर्नुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

मेरो पार्टी सदस्यतामा विवाद गर्नुपर्दैन : पूर्वराष्ट्रपति भण्डारी


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकाले विवाद गर्नुपर्ने विषय नभएको बताएकी छन् । काठमाडौंको बबर महलस्थित कार्की ब्यांकेटमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर उनले यस्तो बताएकी हुन् । 

‘मेरो पार्टी सदस्सयता नवीकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन,’ भण्डारीले भनिन्, ‘म राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आवद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नु पर्ने विषय होइन ।’ 

पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीति गर्न पाउनु संवैधानिक अधिकार भएको समेत जिकिर गरिन् ।

 ‘यो संवैधनिक अधिकारमात्र होइन, बरु राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ,’ उनले भनिन्, ‘बाँकी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा म पुगेको हुँ ।’

भण्डारीले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा नाम दर्ज गरिसकेको भन्दै आफूमा कुनै पदका प्रति मोह नभएको पनि प्रष्टीकरण दिइन् । ‘कुनै पदप्रति लालसा, महत्वकांक्षा र आशक्ति ममा छैन,’ उनले भनिन्, ‘किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु ।’

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : ०६ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ