सुर्खेतबाट लागूऔषधसहित तीन जना पक्राउ « Khabarhub

सुर्खेतबाट लागूऔषधसहित तीन जना पक्राउ


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै ठाउँबाट तीन जनालाई पक्राउ गरिएको हो । 

वीरेन्द्रनगर  नगरपालिका–९ लाटीकोईली मिलनटोलस्थितमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा कमलबजार नगरपालिका– ८ घर भएका  २५ वर्षीया आर्यन शाह, वीरेन्द्रनगर नगरपालिका–३ बाट २९ वर्षीया कमल कार्की र जिल्ला दैलेख दुल्लु नगरपालिका–२१ का ध्वनिल मल्ललाई पक्राउ गरेको हो । 

शाहबाट शरीर तथा डेराकोठा खानतलासी गर्दा निजको साथबाट शुद्ध तिन ग्राम सात सय मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए । 

त्यस्तै, कार्की र मल्ललाई शंकास्पद अवस्थामा फेला पारी निजहरूको शरीर खानतलासी गर्दा निजहरूको  साथबाट लागुऔषध (नाईट्राजेपाम) २४३ ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : २० बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि