धार्मिक सामग्री उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्छ : मुख्यमन्त्री कार्की « Khabarhub

धार्मिक सामग्री उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्छ : मुख्यमन्त्री कार्की


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक कार्यमा प्रयोग हुने सामग्रीको स्वदेशी उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।

कमल गाउँपालिका–६ स्थित दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालिको आज निरीक्षण गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकासले आयात प्रतिस्थापन र रोजगारीमा योगदान पुर्‍याउने बताए।

‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धार्मिक उत्पादनमूलक उद्योगले ठूलो टेवा पुर्याउन सक्छ’, उनले भने, ‘यसमा प्रदेश सरकारले सहकार्यको हात अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

 सो अवसरमा दिव्यदृष्टि ब्राण्डका विभिन्न प्रकारका पूजा सामग्री उद्योगमा उत्पादन हुँदै आएको प्रालिका अध्यक्ष विष्णुप्रसाद पोखरेलले मुख्यमन्त्री कार्कीलाई अवगत गराएका थिए ।

उत्पादित पूजा, हवन आदिमा प्रयोग हुने २४ प्रकारका धार्मिक सामग्री कोशी प्रदेशका सबै जिल्ला र प्रदेश बाहिर काठमाडौँ, चितवन, बुटवल, नेपालगञ्ज र दाङको बजारमा बिक्री हुने गरेको पनि अध्यक्ष पोखरेलले बताए। 

नेपालमा धार्मिक कार्यमा प्रयोग हुने अधिकांश सामग्री विगतदेखि भारत र चीनबाट आयात हुने गरेको जनाउँदै अध्यक्ष पोखरेलले दिव्यदृष्टिले यसमा परनिर्भरता हटाउन र स्थानीयलाई रोजगारी दिन महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताए।

उद्योगकी कार्यकारी प्रमुख तथा सञ्चालक बबिता तिम्सिनाले सो अवसरमा उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यावसायिक विस्तारबारे जानकारी गराए। उनले उद्योगबाट अर्ग्यानिक बाटेको मच्छडधुप र पूजाका धुपसमेत उत्पादन गर्दै आएको र ६० भन्दा बढी महिलाले आंशिक रोजगारी तथा १५ जनाले पूर्णकालीन रोजगारी पाएको बताए।

उद्योगले नवग्रह समिधा, हवन सामग्री, दिव्य समिधा, परिमल, बाटेको धुप, सप्तधान्य, गङ्गाजल, गौँ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौँलगायत दुई दर्जनभन्दा बढी पूजा सामग्री उत्पादन गर्दै आएको बताइएको छ । आवश्यक पर्ने कच्चा पदार्थसमेत स्थानीय रूपमै संकलन हुने गरेको र निकट भविष्यमा उत्पादनलाई विदेश निर्यात गर्ने लक्ष्य राखिएको तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : १७ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्