राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थीरताप्रति ताइवान सरकार प्रतिबद्ध छ : ताइवानी उपराष्ट्रपति « Khabarhub

राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थीरताप्रति ताइवान सरकार प्रतिबद्ध छ : ताइवानी उपराष्ट्रपति


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानकी उपराष्ट्रपति साइओ बि खिमले राष्ट्रिय सुरक्षा र क्षेत्रीय स्थीरताप्रति आफ्नो सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । ताइवानलाई लक्षित गर्दै चिनियाँ सैन्य गतिविधि बढिरहेका बेला उपराष्ट्रपतिले यस्तो बताएकी हुन् ।

विदेशी सञ्चारमाध्यम तथा प्रतिनिधिसँगको संवादका क्रममा उनले अत्यन्त अस्थीर र संवेदनशील क्षेत्रमा अवस्थित ताइवानले आवश्यक सन्तुलन कायम राख्दै अघि बढिरहेको उल्लेख गरिन् । उनले चिनियाँ गतिविधिलाई ‘आक्रामक सैन्य व्यवहार’ को संज्ञा समेत दिइन् ।

ताइपेई टाइम्सका अनुसार उनले चीनले घुसपैठ र ताइवानी समाजमा विभाजन ल्याउने प्रयास गरिरहेको आरोप समेत लगाइन् । चीनको यस्तो कदमबाट क्षेत्रीय यथास्थितिमा प्रत्यक्ष रुपमा नकारात्मक असर पार्ने उनको भनाइ छ ।

उनले चिनियाँ गतिविधिको जवाफ दिन ताइवानले विभिन्न कदमहरु पनि चालिरहेको जानकारी दिइन् । उनका अनुसार हाल ताइवानले राष्ट्रिय प्रतिरक्षा रणनीतिमा सुधारको प्रयास गरिरहेको छ भने सैन्य आधुनिकीकरणमा जोड दिइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : ३२ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै