धादिङकी पार्वती बनिन् एनसेल करोडपति | Khabarhub Khabarhub

धादिङकी पार्वती बनिन् एनसेल करोडपति


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोडको बम्पर नगद पुरस्कार जितेकी छन् ।

एनसेलले असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको ‘सधैँ अन करोडपति’ योजना सञ्चालन गरेको थियो ।

आठ वर्षअघि एनसेलको सीम किनेकी पार्वतीले असारको तेस्रो साता ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा सहभागी भएकी थिइन् ।

एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

 बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् ।

एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक पुरस्कार स्वरुप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो ।

उपभोक्ताहरूको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्रमा यस योजनामा सहभागिता जनाएका ग्राहकहरुलाई कम्पनीले प्रतिवद्धता जनाए बमोजिम विजेता घोषणा गरी पुरस्कृत गरेको हो । 

कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना एक लाख रुपैयाँ जित्ने ग्राहकहरूलाई पनि प्रमाणिकरणको प्रक्रिया पुर्‍याइ पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : २६ बजे

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई