कैलालीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ « Khabarhub

कैलालीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – कैलाली प्रहरीले गोदावरी नगरपालिका–८ स्याउले गाउँका दुई जनालाई आज दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा २६ वर्षीय राजु चौधरीको घरमा लुकाइछिपाइ राखिएको एक नाल भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टाको आधा भाग र २३ वर्षीय चन्द्रबहादुर चौधरीको घरबाट एकनाल भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

साथै प्रहरीले गोदारी नगरपालिका–२ को एक होटेलबाट बझाङ जिल्ला छबिस पाथिभरा गाउँपालिका ३९ वर्षीय गगन बोहरालाई एक किलो लागुऔषध चरेससहित पक्राउ गरेको छ ।

त्यसैगरी, गोदावरी नगरपालिका–१ बाट बैतडी, सूर्नया गाउँपालिकाका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षकै महेश विकलाई हिँडिरहेको अवस्थामा शङ्का लागि जाँच गर्दा निजहरूको साथबाट चार सय ६९ ग्राम चरेससहित पक्राउ गरिएको छ ।

लागुऔषध चरेस लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : ०६ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६