अर्थमन्त्री पौडेलद्वारा रूपन्देहीका विभिन्न योजनाको अनुगमन « Khabarhub

अर्थमन्त्री पौडेलद्वारा रूपन्देहीका विभिन्न योजनाको अनुगमन


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीमा विभिन्न चालु र नयाँ योजनाको आज स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल आज साँझ रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा चालु र नयाँ योजनाको स्थलगत अवलोकनमा गरेका छन्।

उनले तिलोत्तमा–६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शैय्याको नगर अस्पतालको अवलोकन गरे । उक्त स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा स्तरोन्नति गर्न लागिएको हो ।

अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन रु १७ करोड लागत अनुमान गरिएको छ । चौध कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृतप्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए ।

सो क्रममा स्थानीय २०८४ अघि नै अस्पताल निर्माणको काम सम्पन्न गर्न अर्थमन्त्री समक्ष आग्रह गरे । अर्थमन्त्रीका साथमा सहभागी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी र तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले यो अस्पताल सिङ्गो नगरको गौरवको विषय भएकाले यसलाई सकेसम्म छिटो पूरा गर्न ध्यानाकर्षण गराए ।

अर्थमन्त्री पौडेलले अस्पताल निर्माण सम्पन्न गर्न सरकारले यथाशक्य सहयोग गर्ने भन्दै निर्माणको कामलाई गति दिन आग्रह गरे । उनले पश्चिम पहुनी मावि, मोक्षधामको अवलोकन गर्नुका साथै वस्तुस्थितिबारे जानकारी लिए ।

त्यस्तै उनले कुन्जलापुरमा रहेका दुई वटा पुलको निरीक्षण गर्नुका साथै कुन्जलापुरदेखि नगर अस्पतालसम्म जाने रु तीन करोड लागतको सडक र गोरकट्टादेखि गणेशपुर जाने रु तीन करोड लागतको कुलोको अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : ४१ बजे

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो