आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र शुक्ल पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ अगष्ट २५ तारिख। आज दर खाने दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। साथीसँग भेट हुनेछ। बोल्दा सचेत नभए साथीसँगको सम्बन्ध बिग्रिने जोखिम छ। ठूलो लगानी गर्दा आफू भन्दा परिवारका सदस्यलाई अघि सार्नु राम्रो हुनेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ।

वृष : दिन राम्रो छ। आज गरेको लगानीले फाइदा दिनेछ। विदेशमा भन्दा स्वदेशमै मन जानेछ। पारिवारिक जमघटले दिन रमाइलोसँग बित्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ आयाम थपिनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मिक कार्यमा सरिक हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। शिक्षाको क्षेत्रमा ढिलासुस्तीको योग रहेको छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। शुभकार्यमा सरिक हुने अवसर मिल्नेछ। बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा गोपनीयता कायम राख्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। आज कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। निजी शिक्षामा गरेको लगानीबाट नाफा हुने दिन छ। राजनीति क्षेत्रमा भने सचेत बन्नु राम्रो हुन्छ।

तुला : दिन सामान्य रहेको छ। कामको बोझले थकान महसुस हुनेछ। स्वदेशमा गरेको लगानीमा उदासिनता देखिनेछ। राजनीति र वैदेशिक लगानीमा भने फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा खटपटी आउन सक्नेछ।

वृश्चिक : दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ध्यान दिनुहोला। सामाजिक र राजनीतिक क्षेत्रमा भन्दा व्यवसायमा फाइदा हुने दिन छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा लाभ मिल्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। प्रेम सम्बन्धबाट खुशी मिल्ने योग छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। शिक्षामा गरेको लगानीबाट आशिंक फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। आज तपाईंको सञ्चित धन खर्च हुनेछ। धार्मिक र बौद्धिक क्षेत्रमा मन जानेछ। राजनीतिमा प्रवेश नै नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

मीन : दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ५ : ०३ बजे

माओवादीसहित नौ दल मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’, राखियो संयोजक र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ दल मिलेर बनेको नयाँ दलको

१० घण्टामा झण्डै २ हजार डलरले घट्यो बिट्क्वाइनको मूल्य

काठमाडौं– पछिल्लो १० घण्टामा क्रिप्टोकरेन्सी बिट्क्वाइनको मूल्य झण्डै २ हजार

राजनीति छाडे भनेर चन्दन लाउन खोजेको होइन, तर कार्यकारी भूमिकामा रहँदैनौँ : राम कार्की 

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले आफूहरूले राजनीति छोडेको

शिक्षणसँगै व्यावसायिक केराखेती, वार्षिक १० लाख मुनाफा

 महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कांग्रेस बैठकमा गगनको प्रस्ताव : पुस १६ देखि १९ सम्म महाधिवेशन गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ गतेदेखि