आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र शुक्ल पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ अगष्ट २५ तारिख। आज दर खाने दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। साथीसँग भेट हुनेछ। बोल्दा सचेत नभए साथीसँगको सम्बन्ध बिग्रिने जोखिम छ। ठूलो लगानी गर्दा आफू भन्दा परिवारका सदस्यलाई अघि सार्नु राम्रो हुनेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ।

वृष : दिन राम्रो छ। आज गरेको लगानीले फाइदा दिनेछ। विदेशमा भन्दा स्वदेशमै मन जानेछ। पारिवारिक जमघटले दिन रमाइलोसँग बित्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ आयाम थपिनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ।

मिथुन : दिन राम्रो छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मिक कार्यमा सरिक हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। शिक्षाको क्षेत्रमा ढिलासुस्तीको योग रहेको छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। शुभकार्यमा सरिक हुने अवसर मिल्नेछ। बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्य र शिक्षामा सुधार हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा गोपनीयता कायम राख्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। आज कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। निजी शिक्षामा गरेको लगानीबाट नाफा हुने दिन छ। राजनीति क्षेत्रमा भने सचेत बन्नु राम्रो हुन्छ।

तुला : दिन सामान्य रहेको छ। कामको बोझले थकान महसुस हुनेछ। स्वदेशमा गरेको लगानीमा उदासिनता देखिनेछ। राजनीति र वैदेशिक लगानीमा भने फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा खटपटी आउन सक्नेछ।

वृश्चिक : दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा फाइदा हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ध्यान दिनुहोला। सामाजिक र राजनीतिक क्षेत्रमा भन्दा व्यवसायमा फाइदा हुने दिन छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा लाभ मिल्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। प्रेम सम्बन्धबाट खुशी मिल्ने योग छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। शिक्षामा गरेको लगानीबाट आशिंक फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कुम्भ : दिन सामान्य छ। आज तपाईंको सञ्चित धन खर्च हुनेछ। धार्मिक र बौद्धिक क्षेत्रमा मन जानेछ। राजनीतिमा प्रवेश नै नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

मीन : दिन राम्रो छ। आफन्तसँग भेट हुनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। बोल्दा ध्यान दिनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ५ : ०३ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल