पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा « Khabarhub

पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पदमार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिव चार हजार ५०० सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ ।

कालिखोलादेखि काँहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण २०८० साल वैशाखदेखि सुरु गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए । उनका अनुसार फुट ट्रयाकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्यूपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए ।

पोखराको प्राकृतिक ‘भ्यूपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ । ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिव ४०० फलफूलका बिरुवासमेत रोपिएको छ ।

पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा’ अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरुवखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रापिएका हुन् । (्रासस)

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ६ : ०९ बजे

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले