इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २–० गोलले हराउँदै एभर्टन विजयी भएको हो ।

एभर्टनका लागि इलिमान नडियाये र जेम्स गार्नरले एक–एक गोल गरेका थिए । इलिमानले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ५२औँ मिनेटमा गार्नरले गरेको गोलसँगै एभर्टनले २–० गोलको जित निकालेको हो ।

यो जितसँगै दुई खेलबाट ३ अंक जोडेको एभर्टन अंक तालिकाको आठौँ स्थानमा छ । पराजित भएको ब्राइटन १ अंकसहित १८औँ स्थानमा छ ।

यस्तै, गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड र फुलहम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : २४ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी