बेथानचोकमा ‘कोसेली घर’ सञ्चालन « Khabarhub

बेथानचोकमा ‘कोसेली घर’ सञ्चालन


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बेथानचोक गाउँपालिकामा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

कोसेली घरको बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । उनले कोसेली घर थप व्यवस्थापनका लागि सहयोग गर्ने जनाउँदै उद्यमशीलता विकाससँगै आर्थिक समृद्धिमा कोसेली घर प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

‘उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग समन्वय गरी प्रदेश सरकारले सहयोग गर्नेछ’, उनले भने । प्रदेश सरकारको १८ लाख २१ हजार दुई सय ८५ र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारीमा ३६ लाख ४२ हजार पाँच सय ७० मा कोसेली घर सञ्चालनमा ल्याइएको हो । सञ्चालित उक्त कोसेली घरबाट प्रत्येक वडामा उद्यमशीलता तालिम, बीउ पुँजी वितरण, महिला उद्यमी समूहबाट उत्पादित सामग्री खरिद तथा कोसेली घर सञ्चालनका लागि आवश्यक कार्य गरिने जनाइएको छ ।

गाउँपालिकाका अनुसार स्थानीय एक सय १० जना गृहिणी महिलाले उद्यमशीलता तालिम लिइसकेका छन् । जसमध्ये दुई महिला उद्यमी समूह गठन गरी एक–एक लाखका दरले बीउ पुँजी वितरण गराइएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आर्थिक समृद्धिका लागि गृहिणी महिलालाई उद्यमसँग जोड्दै सशक्तिकरणको उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ । गाउँपालिकाका अनुसार वडा नम्बर १ मा बुनाइ तालिम, सर्वोत्तम लिटो, सातु, बाटेको धूप, ३ नम्बरमा कोलिन, सरफ, डल्लो साबुन, झोल साबुन, वडा नम्बर ४ मा मखमलको जुत्ता, चप्पल र थैली बनाउने तालिम सञ्चालन गरिएको थियो ।

यस्तै वडा नम्बर ५ मा सिलाइकटाई र वडा नम्बर ६ मा अमिलो जातका फलफूलखेती तालिम सञ्चालन गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम काभ्रेसहित रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका ४० स्थानीय तहमा सञ्चालन भइरहेको छ । (रासस)

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : २३ बजे

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल

भेनेजुएलाका राष्ट्रपतिको अवस्था अझै अज्ञात

काराकास- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ ।

‘विधान अनुसार नै एन्फाको निर्वाचन हुन्छ’

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले संस्थाको

विद्यालय तहको पाठ्यपुस्तकमा बिमासम्बन्धी विषयवस्तु राख्नेबारे छलफल

काठमाडौं– नेपाल बिमा प्राधिकरणले विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकमा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।