लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने « Khabarhub

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने भएका छन्।आइतबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई परिपत्र गर्दै २५ प्रतिशतसम्म लाभांश विवतरण गर्ने पाउने व्यवस्था गरेको हो।

यस अगाडिका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तले १५ प्रतिशत मात्र लाभांश वितरण गर्न पाउने व्यवस्था गरेका थिए।सो व्यवस्थालाई गभर्नरको रुपमा विश्व पौडेल आएपछि ल्याएको मौद्रिक नीतिमा परिवर्तन गर्ने व्यवस्था ल्याएका थिए।

सोही व्यवस्था बमोजिम पौडेलले लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने व्यवस्था ल्याएका हुन्।

लाभांश वितरण गर्दा त्यसमा भने कन्डिसन लगाएका छन्।जस अनुसार निष्कृय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम भएकाले २५ प्रतिशत लाभांश वितरण गर्ने पाउने छन्।त्यस्तै ५ देखि १० प्रतिशतसम्म भएकाले २० प्रतिशत र १० देखि माथि १५ प्रतिशतसम्म निष्कृय कर्जा अनुपात भएकाले १५ प्रतिशत लाभांश वितरण गर्ने पाउने छन् ।

लाभांश वितरण पछिको पुँजीकोष अनुपात १२ प्रतिशत भन्दा माथि हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ५२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्