तीज जोडी फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण « Khabarhub

तीज जोडी फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेमा तीज जोडी फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा भएको एक कार्यक्रममा तीज जोडी फोटो प्रतियोगिता– २०८२ का विजेतालाई पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा शम्भु घिमिरे र कोपिला घिमिरे प्रथम, दिनेश ठकुरी र सुबिना ठकुरी दोस्रो तथा रूपेश ठकुरी र सरिता ठकुरी तेस्रो भएका थिए । प्रथम हुने जोडीलाई १५ हजार नगद, सम्मानपत्र, मह, घ्यू र दोसल्ला प्रदान गरिएको थियो । दोस्रो हुने जोडीलाई १० हजार नगद सहित सम्मानपत्र, मह, घ्यू र दोसल्ला तथा तेस्रो हुने जोडीलाई ५ हजार नगद सहित सम्मानपत्र, मह, घ्यू र दोसल्ला प्रदान गरिएको थियो ।

प्रतियोगिता साउन १२ गते दिउँसो १२ बजेबाट सुरु भई एक महिनासम्म नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आधिकारिक फेसबुक पेजमा सञ्चालन भएको थियो ।

आधुनिकता र फेसनको भीडमा हराउँदै गएको मौलिक नेपाली पहिचानलाई पुनर्जीवित गर्दै तीज पर्वको सामाजिक पक्षलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार नेपाली कला, संस्कृति र मौलिक चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित संस्कृति संरक्षणसँगै सामाजिक एकता र सौहार्दता अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्यसहित यो कार्यक्रम गरिएको हो ।

नेपाली कांग्रेस सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईं तथा विशेष आतिथ्यता नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश प्रसाद हुमागाईं, सहसचिवद्वय रविन्द्रनाथ सिग्देल र समीर ब्यान्जु श्रेष्ठ, धुलिखेल सभापति विदुर बहादुर बस्नेत, धुलिखेल– ९, का वडा अध्यक्ष बद्री प्रसाद हुमागाईँ लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि हुमागाईं तीज चाड केवल मनोरञ्जन मात्र नभई समानता र सामाजिक सन्देश दिने चाड भएको उल्लेख गर्दै सांस्कृतिक मूल्य मान्यता जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १० : ३३ बजे

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको