विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’ « Khabarhub

विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे’ सकारात्मक प्रतिक्रियाको साथ प्रदर्शनरत छ । उनी फिल्म ‘मालती मङ्गले’को वर्कसपमा पनि सहभागी भइरहेका छन् ।

उनलै विजयले अर्को फिल्म ‘जिरो डिग्री’ साइन गरेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’का दुई निर्देशक सजन काफ्ले र आकास बरालको संयुक्त निर्देशनमा यो फिल्म बन्न लागेको हो ।

निर्माण पक्षले फिल्ममा विजय अनुबन्ध भएको सोमबार सार्वजनिक गरेको हो । मिनिमल पोस्टर सार्वजनिक गरी फिल्म निर्माणबारे औपचारिक जानकारी दिइएको हो ।

उक्त पोस्टरमा खटमा डिप फ्रिज बोकेर केही मान्छेहरु हिडिरहेको देख्न सकिन्छ । फिल्मको कथा यही फ्रिज वरपर घुम्ने निर्देशक काफ्लेले बताए ।

उनले भने, ‘यो फिल्मको कथा सडक नभएको गाउँको हो । यसको कथा बुवा–आमाको शव विदेशमा रहेका छोराछोरी आइपुगुञ्जेल जोगाउन फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ।’

यो फिल्मको कथा राजन भुसालले लेखेका हुन् । पटकथा र संवाद निर्देशकद्वय मिलेर तयार पारेका हुन् । यसको छायाङ्कन तिहापछि गर्ने योजनामा रहेको निर्देशक बरालले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ३१ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको