हिमालयन इन्भेष्टमेन्ट बैंकरको साधारणसभा भदौ ३१ गते  « Khabarhub

हिमालयन इन्भेष्टमेन्ट बैंकरको साधारणसभा भदौ ३१ गते 


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा डाकेको छ । बैंकरको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा भदौ ३१ गते गर्ने निर्णय गरेको हो । 

सोही निर्णय बमोजिम बैंकरले काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पनीको सभाहलमा बिहान साढे ११ बजेदेखि सभा सुरु गर्ने भएको छ । 

सभामा आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने एजेन्डा रहेको छ । 

साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहको तर्फबाट मनोनित सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव सभाको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  १२ : ५६ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’