गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित « Khabarhub

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ । 

गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै आज गौर प्रादेशिक अस्पतालका डा परशुराम यादव र डा विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा आइपुगेको हो । 

 प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिए।

‘दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौँ’, उनले भने, ‘चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगञ्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुने छ ।’

वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन्भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  २ : ०४ बजे

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको ट्रम्पको दाबी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा

अमेरिकाले साम्राज्यवादी आक्रमण गर्‍यो : भेनेजुएला

काराकास- भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप

अलपत्र गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुचारु (तस्बिरहरू)

काठमाडौं- धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सम्पन्न गर्न नसकेर अलपत्र छोडेको

क्यानको वार्षिक खेल तालिका सार्वजनिक

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ : मन्त्री खरेल

चितवन– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक