सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद | Khabarhub Khabarhub

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

रौतहट– सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३० बोरा सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले ईशनाथ नगरपालिका–४ मठियास्थित रामसिंह चनौको भट्टी पसल नजिकैबाट सो परिमाणको सूर्तीजन्य पदार्थ आज बरामद गरेको जानकारी दिए ।

‘सशस्त्र प्रहरी प्रमुख बस्नेत र ‘बोर्डरआउटपोष्ट’ औरैयाका सशस्त्र प्रहरी निरीक्षक खेमरोज जोशीको कमाण्डमा खटिएको संयुक्त टोलीले सीमास्थित दशगजा क्षेत्रदेखि करिब दुई सय मिटर पूर्वतर्फ रामसिंह चनौको भट्टी पसलको छेउ र चुमन मियाँको धान खेतमा अवैध रुपमा भण्डारण गरी लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको ३० बोरा सुर्तीजन्य पदार्थ गौर भन्सार कार्यालयमा बुझाइएको छ ‘ उनले भने।

सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१-८२ मा ? पाँच करोड ७४ लाख दुई हजार छ सय ९९ मूल्य पर्ने भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ ।

जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, औरैया, बन्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर सुर्तीजन्यसहित विभिन्न किसिमका लागूपदार्थ, लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौला खालका हातहतियार, पटकालगायतका अवैध सामग्री नेपालतर्फ भित्रिने तथा चोरी डकैती गरी सीमापार भएर सुरक्षित हुनखोज्ने गैह्रकानुनी घटनाक्रम न्यूनीकरण तथा नियन्त्रण गर्न  सशस्त्र प्रहरी वल केन्द्रित रहेको प्रमुख बस्नेतले स्पष्ट गरे ।    

रौतहटका सशस्त्र प्रहरी प्रमुख बस्नेतका अनुसार जिल्लास्थित स्थानीय निकाय, विभिन्न राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण जनतासमेतको साथ–सहयोग र समन्वयमा सीमा तथा भन्सार क्षेत्रमा हुनसक्ने अवैधकारोबारसहित गैह्रकानुनी गतिविधि न्यूनीकरण तथा नियन्त्रण गर्ने सन्दर्भमा उल्लेख्य सफलता प्राप्त भएको छ ।   

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ४ : ३३ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो