रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने « Khabarhub

रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका कलाकार आसिफ शाहले नाम फिर्ता लिएका छन् । 

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत देश निर्माणका लागि आवश्यक योगदान जुनसुकै पद वा हैसियतमा रहेर पनि दिन सकिने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

कलाकार शाहले समानुपातिकबाट नाम फिर्ताको घोषणा गरेसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने पनि बताएका छन् ।

उनले भनेका छन्– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो । हामी  काठमाडौँ–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन
पूर्ण रूपमा तयार छौँ। देशभन्दा ठूलो केही हुँदैन ।’

उनले जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्यलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : ३७ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले