रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने « Khabarhub

रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका कलाकार आसिफ शाहले नाम फिर्ता लिएका छन् । 

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत देश निर्माणका लागि आवश्यक योगदान जुनसुकै पद वा हैसियतमा रहेर पनि दिन सकिने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

कलाकार शाहले समानुपातिकबाट नाम फिर्ताको घोषणा गरेसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने पनि बताएका छन् ।

उनले भनेका छन्– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो । हामी  काठमाडौँ–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन
पूर्ण रूपमा तयार छौँ। देशभन्दा ठूलो केही हुँदैन ।’

उनले जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्यलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : ३७ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप