सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य | Khabarhub Khabarhub

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा सङ्घले आज यहाँ आयोजना गरेको तीज उत्सव कार्यक्रममा उनले हरेक उमेरमा आआफ्ना जिम्मेवारी र कर्तव्य हुने भएकाले सोहीअनुसार आफ्नो क्षेत्रमा रहेर काम गर्नुपर्ने बताए ।

शाक्यले देशमा भएका सबै मानिसले राजनीतिक गर्न नहुने बताएका छन् । “मलाई धेरै मानिसहरुले तपाई किन राजनीतिमा नआएको भनेर प्रश्न गर्ने गरेका छन्”, उनले भने, “देशमा भएका सबै मानिसले राजनीति गरेर हुँदैन । सबै मानिसको आफ्नो ठाउँ, रुची र क्षेत्र हुन्छ । नेपालमा किन हो कुन्नी १ सबैलाई राजनीतिक गर्न मन लाग्दो रहेछ ।”

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी शाक्यले राजनीतिमा सफल भए मात्र सफल हुने र अरु क्षेत्रमा सफल भयो कि सफल होइन कि भन्ने हाम्रो समाज र मानसिकता रहेको टिप्पणी गरे । उनले समाजमा फैलिएका नकारात्मक र अर्काले प्रगति गरेको देख्न नचाहने, इष्र्या र डाह गर्ने परम्परा रहेकाले त्यस्तो विकृतिलाई युवा सङ्घले तोड्नुपर्ने बताए ।

प्रथम महिला शाक्यले हाल मानिससमा धैर्यता, अनुशासन र विवेकको धेरै ठूलो आवश्यकता रहेको औँल्याए। उनले मुलुकको वर्तमान र भविष्य युवाको हातमा रहेको उल्लेख गर्दै भने, “तपाई राम्रो काममा लाग्नुभयो भने वर्तमान र भविष्य दुवै राम्रो हुन्छ । बरालिनु भयो भने वर्तमान र भविष्य दुवै राम्रो हुँदैन ।”

कार्यक्रममा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकको भविष्य निर्माणमा युवाको महत्त्पूर्ण भूमिका रहेको भन्दै युवालाई सही मार्गमा अगाडि बढाउन आवश्यक रहेको बताए।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : १५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको