सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य « Khabarhub

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा सङ्घले आज यहाँ आयोजना गरेको तीज उत्सव कार्यक्रममा उनले हरेक उमेरमा आआफ्ना जिम्मेवारी र कर्तव्य हुने भएकाले सोहीअनुसार आफ्नो क्षेत्रमा रहेर काम गर्नुपर्ने बताए ।

शाक्यले देशमा भएका सबै मानिसले राजनीतिक गर्न नहुने बताएका छन् । “मलाई धेरै मानिसहरुले तपाई किन राजनीतिमा नआएको भनेर प्रश्न गर्ने गरेका छन्”, उनले भने, “देशमा भएका सबै मानिसले राजनीति गरेर हुँदैन । सबै मानिसको आफ्नो ठाउँ, रुची र क्षेत्र हुन्छ । नेपालमा किन हो कुन्नी १ सबैलाई राजनीतिक गर्न मन लाग्दो रहेछ ।”

प्रधानमन्त्री केपी शर्मा ओली पत्नी शाक्यले राजनीतिमा सफल भए मात्र सफल हुने र अरु क्षेत्रमा सफल भयो कि सफल होइन कि भन्ने हाम्रो समाज र मानसिकता रहेको टिप्पणी गरे । उनले समाजमा फैलिएका नकारात्मक र अर्काले प्रगति गरेको देख्न नचाहने, इष्र्या र डाह गर्ने परम्परा रहेकाले त्यस्तो विकृतिलाई युवा सङ्घले तोड्नुपर्ने बताए ।

प्रथम महिला शाक्यले हाल मानिससमा धैर्यता, अनुशासन र विवेकको धेरै ठूलो आवश्यकता रहेको औँल्याए। उनले मुलुकको वर्तमान र भविष्य युवाको हातमा रहेको उल्लेख गर्दै भने, “तपाई राम्रो काममा लाग्नुभयो भने वर्तमान र भविष्य दुवै राम्रो हुन्छ । बरालिनु भयो भने वर्तमान र भविष्य दुवै राम्रो हुँदैन ।”

कार्यक्रममा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकको भविष्य निर्माणमा युवाको महत्त्पूर्ण भूमिका रहेको भन्दै युवालाई सही मार्गमा अगाडि बढाउन आवश्यक रहेको बताए।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : १५ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन