स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट « Khabarhub

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका स्थानीय तह मध्ये नमोबुद्ध नगरपालिका उत्कृष्ट देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा नमोबुद्ध नगरपालिकाले सबै भन्दा बढी ८४ दशमलव ५ अंक प्राप्त गरेको हो । आर्थिक वर्ष २०८०/८१ को नतिजामा नमोबुद्धले ७७ दशमलव ५ अंक प्राप्त गरेको थियो । ७९ दशमलव ७५ अंक ल्याएको खानीखोला गाउँपालिका मध्येमा प्रथम भएको छ ।

संघीय मामिला मन्त्रालयले प्रत्येक बर्ष शासकीय प्रवन्ध, संंगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वयसहित १० वटा क्षेत्रमा एक सय पूर्णाकमा स्थानीय तहको स्वमूल्याकंन गरी नतिजा सार्वजनिक गर्दै आएको छ ।

अन्तिम नतिजा अनुसार, पनौती नगरपालिकाले ८३ अंक, धुलिखेलले ८२ दशमलव २५ अंक, पाँचखालले ८१ दशमलव ५ अंक, बनेपाले ७७ दशमलव २५ अंक र मण्डनदेउपुर नगरपालिकाले ६९ दशमलव ७५ अंक प्राप्त गरेका छन् ।

रोशी गाउँपालिकाले ७८ दशमलव ७५ अंक र तेमाल गाउँपालिकाले ६३ दशमलव ५ अंक प्राप्त गरेका छन् । चौँरीदेउराली गाउँपालिका, भुम्लु, बेथानचोक र महाभारत गाउँपालिकाको स्वमूल्याकंन अन्तिम नतिजामा उल्लेख छैन ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : ३३ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन