स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट « Khabarhub

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका स्थानीय तह मध्ये नमोबुद्ध नगरपालिका उत्कृष्ट देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा नमोबुद्ध नगरपालिकाले सबै भन्दा बढी ८४ दशमलव ५ अंक प्राप्त गरेको हो । आर्थिक वर्ष २०८०/८१ को नतिजामा नमोबुद्धले ७७ दशमलव ५ अंक प्राप्त गरेको थियो । ७९ दशमलव ७५ अंक ल्याएको खानीखोला गाउँपालिका मध्येमा प्रथम भएको छ ।

संघीय मामिला मन्त्रालयले प्रत्येक बर्ष शासकीय प्रवन्ध, संंगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वयसहित १० वटा क्षेत्रमा एक सय पूर्णाकमा स्थानीय तहको स्वमूल्याकंन गरी नतिजा सार्वजनिक गर्दै आएको छ ।

अन्तिम नतिजा अनुसार, पनौती नगरपालिकाले ८३ अंक, धुलिखेलले ८२ दशमलव २५ अंक, पाँचखालले ८१ दशमलव ५ अंक, बनेपाले ७७ दशमलव २५ अंक र मण्डनदेउपुर नगरपालिकाले ६९ दशमलव ७५ अंक प्राप्त गरेका छन् ।

रोशी गाउँपालिकाले ७८ दशमलव ७५ अंक र तेमाल गाउँपालिकाले ६३ दशमलव ५ अंक प्राप्त गरेका छन् । चौँरीदेउराली गाउँपालिका, भुम्लु, बेथानचोक र महाभारत गाउँपालिकाको स्वमूल्याकंन अन्तिम नतिजामा उल्लेख छैन ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : ३३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी