अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज « Khabarhub

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को प्रतिक्षित फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक भएको छ । निर्माण ब्यानर अनन्या फिल्मस्ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको पहिलो चल प्रचार सामग्री रिलिज गर्‍यो ।

कार्यक्रममा प्रमुख कलाकारहरू अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसीता गुरुङसँगै हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ अभिनेता भुवन केसी, उषा खड्गी मिडियाको केन्द्रमा रहे । निर्देशक सुयोग गुरुङले सम्पूर्ण टिमको अथक मेहनतको नतिजा दर्शकसामु ल्याउन लागेको भन्दै साथको अपेक्षा राखे।

सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ । सुयोग गुरुङ निर्देशित यो फिल्मको कथावस्तु विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा केन्द्रीत छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्म जेरी अन टपको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानिमा साझेदारी गरेका छन् । यो फिल्मको कथा हेमराज बिसीको हो ।

फिल्मको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ुजेरी अन टपुमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।

हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् । महंगो लागतमा तयार यो फिल्मलाई यो वर्षको प्रतिक्षित फिल्म मानिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ०४ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको