अमेरिकामा नयाँ घरको बिक्री उच्च « Khabarhub

अमेरिकामा नयाँ घरको बिक्री उच्च


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकामा नयाँ घरको बिक्री दर अगस्टमा सन् २०२२ को शुरुवातपछि सबैभन्दा उच्च बिन्दुमा पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ।

धितो दरहरू हटाइएसँगै निर्माणकर्ताले खरिदकर्तालाई लोभ्याउन प्रोत्साहन प्रस्ताव गरेका छन्।

वाणिज्य विभागको तथ्याङ्क अनुसार नयाँ घरहरूको बिक्री अघिल्लो महिनाको तुलनामा २०.५ प्रतिशतले बढेर मौसमी रूपमा समायोजित वार्षिक दरमा आठ लाख अमेरिकी डलर पुगेको छ।

यो दर ब्रिफिङ डट कमको सर्वसम्मत पूर्वानुमानले अपेक्षा गरेको छ लाख ५० हजारभन्दा माथि पुगेको थियो।

हालैका वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था मानिने अमेरिकामा खर्च गर्न सक्ने दरमा आएको कमीले घरजग्गा खरिदबिक्रीलाई ह्वात्तै तल झारेको थियो।

बेचिएका नयाँ घरको औसत मूल्य चार लाख १३ हजार ५०० अमेरिकी डलर कायम भएको र यो जुलाईको स्तरभन्दा ४.७ प्रतिशत बढी हो।

गत हप्ता, अमेरिकी केन्द्रीय बैङ्कले सन् २०२५ मा पहिलो पटक ब्याजदर कटौती गर्दै प्रमुख कर्जा दरलाई २५ आधार बिन्दुले घटाएको थियो र यो वर्ष थप कटौतीको सङ्केत गरेको थियो।

कतिपय विश्लेषकले नयाँ घर खरिदबिक्री अस्थिर भएको र समग्र बजारको सानो आकारको लागि लेखाङ्कन जारी रहेको चेतावनी दिएका छन्। रासस/एएफपी

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : ०६ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।