जमराबिना दशैँ मनाउने अनौठो परम्परा « Khabarhub

जमराबिना दशैँ मनाउने अनौठो परम्परा


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बडादशैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दशैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ ।

जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दशैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको जमरा विजयादशीको दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन भए पनि जमारा नराखी माझी समुदायले दशैँ मनाउने गरेका छन् । जमराबिना दशैँ मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषौँदेखि निरन्तरता दिँदै आएका छन् ।

जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ताभन्दा पहिलेदेखि जमरा नराखी नै दशैँ मनाउँदै आएको माझी समुदायका अगुवाहरूले बताउने गरेका छन् । घरमा जमरा राखे दशैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दशैँ मनाउने गरेको स्थानीय देउकुमारी माझीले बताइन् । पिता पुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दशैँमा जमरा नराख्ने गरिएको उनको भनाइ छ । करिब डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको भन्ने गरिएको माझीले बताए ।

यो समुदायमा जमरा राखेपछि घरकी कन्याको मृत्यु भएको किंवदन्तीअनुसार जमरा राख्न छोडिएको बताइन्छ । यहाँको खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दशैँ भने मनाउँदै आएका छन् ।

स्थानीय कृष्ण माझीले जमरा नराख्ने चलनमा यहाँका समुदायको साझा सहमति रहेको बताए । जमरा राखेपछि लगातार छोरीचेलीको मृत्यु भएर दशैँ रोकिएकाले जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरूले भन्दै आएकाले पछिल्लो पुस्ताले पनि त्यसलाई निरन्तरता दिएको उनको भनाइ छ ।

खनियाबास र मालढुङ्गामा माझी समुदायका २० परिवारको बसोबास छ । पुर्खौंदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकालेर गर्जो टार्दै आएका यहाँका माझीहरूले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् । (रासस)

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : ४९ बजे

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली

सुत्केरी महिलामाथि घर र अस्पतालमै हिंसा : एकतिहाइभन्दा बढी पीडित

काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा

सुधन हिँडेपछि गृहमन्त्रीमा दीपक बोहरा, राजुनाथ र विश्वराजको चर्चा

काठमाडौं- गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट