मुग्लिन-नारायणगढ सडक : तुइन खोलको पहिरो पन्छाउने काम धमाधम « Khabarhub

मुग्लिन-नारायणगढ सडक : तुइन खोलको पहिरो पन्छाउने काम धमाधम


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउने काम बिहीबार बिहान ६ बजेदेखि सुरु भएको छ।

राति ठुलो पानी परेपछि रोकिएको काम बिहान ६ बजे सुरु भएको छ। पहिरो पन्छाउनको लागि दुवैतर्फबाट निरन्तर रूपमा मेशिन परिचालन गरिएको र पूर्ण रूपमा पन्छाउन समय लाग्ने जनाइएको छ ।

मुग्लिन नारायणघाट सडक खण्डको तुइन खोला पुल नजिकै मंगलबार अपराह्न पाँच बजे गएको ठुलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द छ ।

पहिरो पन्छाउन अझै समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न समेत सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्।

राति ठुलो पानी परे पनी थप पहिरो नझरेपछि बिहीबार बिहानबाटै पहिरो पन्छाउने काम सुरु भएको हो।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ८ : २७ बजे

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश