भोजपुरमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन « Khabarhub

भोजपुरमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लामा रेबिज रोकथामको लागि खोप अभियान सञ्चालन गरिएको छ । प्राण घातक रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि साप्ताहिक खोप अभियान सञ्चालन गरिएको हो । 

यो अभियानमार्फत गाउँघरमा रहेका कुकुर तथा बिरालालाई निःशुल्क खोप लगाउने काम जारी रहेको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रलेका प्रमुख पुष्पराज दाहालले जानकारी दिए ।

‘रेबिज रोग नियन्त्रणको लागि निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘यो अभियानमार्फत घरपालुवा सम्पूर्ण कुकुर, बिरालोलाई  खोप लगाउँछौँ ।’

निःशुल्क खोप अभियान यही असोज ६ गतेबाट १२ गतेसम्म सञ्चालन भइरहेको केन्द्रले जनाएको छ । अहिले स्थानीयले दैनिक १५/२० कुकुर, बिरालोलाई खोप लगाउनको लागि ल्याउने गरेका छन् । रेबिज रोग उन्मुलनका लागि वर्षेनी खोप अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । रासस
 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १२ : ०८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा