दुई महिनामा ७० अर्ब ऋण थपेको थियो ओली सरकारले « Khabarhub

दुई महिनामा ७० अर्ब ऋण थपेको थियो ओली सरकारले


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन केपी ओली नेतृत्वको एमाले–कांग्रेस सहितको गठबन्धन सरकारले चालु आर्थिक वर्ष (आव)को दुई महिनामा झण्डै ७० अर्ब सार्वजनिक ऋण थपेको थियो । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार केपी ओली नेतृत्वको सरकारले चालु आवको साउन र भदौ महिनामा ६९ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ राज्यको ऋण थप गरेको हो ।

कार्यालयका अनुसार चालु आवको साउन १ गतेसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म सो ऋण बढेर २७ खर्ब ४३ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड ४१ लाख र बाह्य ऋण १४ खर्ब ५ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा दुई महिनाको अवधिमा ७९ अर्ब १५ करोड प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आवको दुई महिनाको अवधिमा सरकारले ६५ अर्ब ७ करोड ११ लाख रुपैयाँ ऋणको साँवा ब्याज भुक्तानीमा खर्च गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १२ : ५६ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष