दुई महिनामा ७० अर्ब ऋण थपेको थियो ओली सरकारले « Khabarhub

दुई महिनामा ७० अर्ब ऋण थपेको थियो ओली सरकारले


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन केपी ओली नेतृत्वको एमाले–कांग्रेस सहितको गठबन्धन सरकारले चालु आर्थिक वर्ष (आव)को दुई महिनामा झण्डै ७० अर्ब सार्वजनिक ऋण थपेको थियो । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार केपी ओली नेतृत्वको सरकारले चालु आवको साउन र भदौ महिनामा ६९ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ राज्यको ऋण थप गरेको हो ।

कार्यालयका अनुसार चालु आवको साउन १ गतेसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेकोमा भदौ मसान्तसम्म सो ऋण बढेर २७ खर्ब ४३ अर्ब ३७ करोड १० लाख रुपैयाँ पुगेको छ । जसमा आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड ४१ लाख र बाह्य ऋण १४ खर्ब ५ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा दुई महिनाको अवधिमा ७९ अर्ब १५ करोड प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आवको दुई महिनाको अवधिमा सरकारले ६५ अर्ब ७ करोड ११ लाख रुपैयाँ ऋणको साँवा ब्याज भुक्तानीमा खर्च गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १२ : ५६ बजे

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा