पहिरोको जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह  « Khabarhub

पहिरोको जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह 


९ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक डिभिजन कार्यालय भरतपुरले पहिरोको उच्च जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह गरेको छ ।

नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला, टोपेखोला, नाम्सिखोला, चिसेन्जीखोला, सिमलताल क्षेत्रहरुमा पहिरोको उच्च जोखिम रहेको कारण सो स्थानमा पार्किङ नगर्न आग्रह गरेको हो । 

हिजो राति सो सडक खण्डमा  पहिरो पन्छाउने क्रममा माथिबाट खसेको ढुंगा लागेर सिनियर अपरेटर राजु मगर घाइते भएका इन्जिनियर कृष्णप्रसाद आचार्य सूचना अधिकारीले बताए ।

 उनले भने,  ‘तुइन खोलाबाट दुई कि.मि पर रोकेर राखेका सवारीले आवतजावत गर्न कठिनाइ हुँदा मगर घाइते भएका थिए । अहिले उनको अवस्था सामान्य छ,’ उनी थप्छन् , अहिले अन्य खण्ड सबै क्लियर नै छ । अब तुइन खोलामा थप पहिरो नखसे भोलिदेखि सुचारु हुने छ । ‘

कार्यालयले उनको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १ : २१ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न