प्रचण्डकै सामु जनार्दनको निष्कर्ष- माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिएपछि जेन-जी विद्रोह भयो « Khabarhub

प्रचण्डकै सामु जनार्दनको निष्कर्ष- माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिएपछि जेन-जी विद्रोह भयो


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अहिले देखिएको जेन-जी विद्रोह पार्टीले जनयुद्धको बाटो भुलेकाले हुन पुगेको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी सातौँ केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्दै उपमहासचिव शर्माले नेकपा एमाले र नेपाली कांग्रेस पहिले नै बिग्रिसकेको अवस्थामा माओवादीले पनि त्यही बाटो समात्दा विद्रोहको अवस्था आएको बताएका हुन् ।

‘अहिलेको विद्रोहको कारणका रुपमा माओवादी मुख्य हो । कांग्रेस र एमाले पहिला नै भ्रष्टचारी भयो भनेर जनयुद्ध थालेका थियौँ’, उनले भने, ‘हामीले त्यति ठूलो बलिदा गर्‍यौँ तर माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिने बाटो लागेको देखेर जनता निराश भए । त्यही निराशा बढेर आक्रोशमा परिणत हुँदा जेन-जी विद्रोह भयो ।’

बैठकमा प्रस्ताव पेश गर्दै जनार्दनले पार्टी पदाधिकारी सबैले राजीनाममा दिनुपर्ने बताए । उनले राजीनामापछि प्रचण्ड नेतृत्वमा निर्देशक समिति यही केन्द्रीय समिति बैठकबाट बनाउने ग्यारेन्टी पनि मागेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : १४ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।