शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी « Khabarhub

शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी


९ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक अध्यापन गर्ने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित छन् ।

शिक्षण पेशा छोडेर व्यावसायिक रूपमा तरकारी खेतीमा लाग्नुभएका उनले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लागेका हुन् । 

उनले दुई बिघा १५ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्  । ‘कोभिड सङ्क्रमण अघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे लामो समय लकडाउन भएपछि मैले तरकारी बिक्री गर्न थाले ।’ पैतोलाले भने, ‘सुरुवातमा ६ कट्ठा भाडामा लिएर टमाटर मात्रै लगाए, पछि बिस्तारै लहरे तरकारी विस्तार गर्दै आए ।’ 

उनले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गर्ने काम गरेका थिए । पछि उनलाई आफैँले खेतीमा लाग्नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गरेका हुन् । 

वैदेशिक रोजगारीको मोहले उनलाई पनि नछोएको होइन । त्यसका लागि उनले सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारीसमेत गरेका थिए  । 

तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफैँले केही गर्नुपर्छ भन्ने लागेपछि उनले वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गरे । ‘अर्काको ड्युउटी गर्नुभन्दा आफैले गर्नु राम्रो लाग्यो ।’ उनले भने, ‘विदेश जाँदा दुःख बिरामी भएका बेला परिवारको ख्याल राख्न पाइँदैन, यहाँ केही गरे परिवारसँग बस्न पाउँछु, परिवारको हेरचार र आम्दानी पनि हुने भयो ।’

 उनले अहिले दैनिक ८०० ज्याला दिने गरी तीन जना कामदारसमेत राखेका छन्  । उनको जग्गामा टमाटर, करेला, काँक्रालगायतका लहरे तरकारी उत्पादन भइरहेको छ ।  

सुरुवातमा टमाटर खेती गर्दा डेढ लाख लगानी लगाएका उनले त्यसपछिको कमाइ भने तरकारी खेतीको बिस्तारमै खर्च गरेका छन् । 

‘बिघाको वार्षिक पचास हजारका दरले दुई बिघा १५ कट्ठा जग्गा भाडामा लिएको छु ।’ उनले भने, ‘सबै खर्च कटाएर वार्षिक पाँच लाख जति आम्दानी हुन्छ, यसले जीवनयापन भइरहेको छ ।’ 

उनले तरकारी खेतीबाट आएको नाफा तरकारी खेतीको विस्तारमै खर्च गरिरहेको बताए  । वर्षाद्को समयमा भने तरकारी खेतीमा नोक्सानी बेहोर्नु परेको उनको भनाइ छ । तर मेहनतका साथ काम गरे स्वदेशमै पैसा कमाउन सकिने उनको भनाइ छ । ‘मेहनत गरेर तरकारी उत्पादन गर्न सके राम्रो बजार छ, यहाँबाट बजार पुग्दासम्म तरकारी बिक्री भइसक्छ ।’ उनले भने, ‘आफ्नै देशमा पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ ।’

अङ्ग्रेजी विषमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फूर्सदको समयमा विद्यार्थीलाई ट्युसन पढाउँदै आएका छन्  । पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक सङ्केत हो । सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ ।  रासस
 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ४ : ३७ बजे

‘तिरिमिरी झ्याइँ’ को फर्स्टलुक सार्वजनिक, माघ २८ मा प्रदर्शन हुने

काठमाडौं– फलामे बारभित्र थुनिएका कलाकार, अनुहारमा अनेक हाउभाउ र प्रस्तुतिमा

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

काठमाडौँ– रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान

मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

काठमाडौं– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा