जेन-जी आन्दोलनका दोषीलाई सख्त कारबाही हुन्छ : प्रधानमन्त्री « Khabarhub

जेन-जी आन्दोलनका दोषीलाई सख्त कारबाही हुन्छ : प्रधानमन्त्री


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका हताहती र विध्वंशमा संलग्न दोषीलाई सख्त कानुनी कारबाही गरिने बताएकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘आन्दोलनको क्रममा जेन–जी विद्यार्थी तथा युवा युवतीहरूले अनाहकमा ज्यान गुमाउनुपरेकोमा यो सरकार सम्बद्ध दोषीउपर सख्त कानुनी कारबाही गर्ने प्रतिवद्धता गर्दछ’, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले अहिलेको जटिल परिस्थितिमा मुलुकलाई निकास दिन आगामी फागुन २१ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक पर्ने जनशक्ति, बजेट, निर्वाचन सामाग्री, सुरक्षा र कानूनी व्यवस्था लगायतबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी निर्वाचनको तयारी सुरू गरिसकिएको बताइन् ।

१६ वर्ष उमेर पुगे नागरिकता लिइसकेका जेन–जी युवा पुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अध्यावधिक गर्नेगरी विद्यामान निर्वाचन कानूनलाई अध्यादेशको माध्यमबाट संशोधन गरिएको उनले बताइन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ४२ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।