इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान « Khabarhub

इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सवार विमानले अनौठो हवाइ मार्गको प्रयोग गरेको बताइएको छ । 

विमान विभिन्न युरोपेली मुलुकहरूको हवाइ मार्ग हुँदै बिहीबार न्यूयोर्कका लागि प्रस्थान गरेको थियो। पछिल्लो समय फ्रान्ससहितका केही युरोपेली मुलुकहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका छन् । 

नेतन्याहुले आफ्नो उडानका लागि अनौठो मार्ग तय गर्नुलाई प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणासँग सम्बन्धित सन्दर्भसँग जोडेर हेरिएको अनुमान गरिएको छ ।

फ्रान्सले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न इजरायललाई अनुमति दिएको भएपनि उडान ‘ट्रयाकिङ् डाटा’ले नेतान्याहुको विमानले दक्षिणी बाटो लिएको देखाएको एएफपीसँग कुरा गर्ने एक फ्रान्सेली कूटनीतिक स्रोतले बताएको छ । विमानले सुरुमा ग्रीस र इटालीको आकास भएर एट्लान्टिक पार गर्नु अघि जिब्राल्टरको हवाइ मार्ग हुँदै दक्षिणतिर मोडिएको थियो । 

बेलायत, फ्रान्स र पोर्चुगलले यस हप्ता प्यालेस्टाइन राज्यलाई मान्यता दिने देशहरूको शृङ्खलामा आफूलाई सामेल गराएका थिए । यो कदमको प्रधानमन्त्री नेतन्याहूले कडा विरोध गरेका थिए। आयरल्याण्ड र स्पेनले अस अघि मे महिनामा नै प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका थिए ।

केही इजरायली सञ्चारमाध्यमले नेतान्याहुको विमानले रोम सम्मेलनमा प्यालेस्टाइनलाई मान्यता दिने सहमति गर्ने प्रस्तावमा हस्ताक्षर गर्ने देशहरूको मार्ग प्रयोग नगर्ने उद्देश्य राखेको बताएका छन् । उनीहरूले आपतकालीन अवतरणको मामलामा अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गरेको गिरफ्तारी कानुन प्रयोग गर्न सक्ने सम्भावनाप्रति नेतन्याहुले आफूलाई सजग बनाएको हुनसक्ने अनुमान गरिएको केही इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभेम्बरमा आईसीसीले नेतन्याहु र उनका पूर्व रक्षामन्त्री योभ ग्यालान्टविरुद्ध गाजामा इजरायलको सैन्य आक्रमणका क्रममा भएको कथित युद्ध अपराधको आरोपमा पुर्जी जारी गरेको थियो।

स्पेनले गत हप्ता आईसीसीको अनुसन्धानलाई समर्थन गर्ने घोषणा गरेको थियो र गाजामा कथित मानवअधिकार उल्लङ्घनको छानबिन गर्न एक टोली गठन गरेको थियो।

नेतान्याहुले शुक्रबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आगामी साता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ५७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने