बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो, आजै रातिबाट गाडी चल्ने « Khabarhub

बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो, आजै रातिबाट गाडी चल्ने


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकको पहिरो करिब पन्छाइसकिएको छ।

विभिन्न ६ वटा मेशिनले एकसाथ यो पहिरो पन्छाइरहेका छन् । अहिले पहिरोस्थलमा बत्तीकोसमेत व्यवस्था गरेर लगातार पहिरो पन्छाइँदैछ ।

पहिरो राति ९ बजेसम्म पन्छाइसकेर गाडी नारायणगढ र मुग्लिन दुवैतर्फबाट गाडी खुलाउने तयारी गरिएको छ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवैतर्फबाट ६ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था छ । सडक डिभिजन चितवनले बिहीबार राति नै गाडी खुलाउने तयारी गरेको छ।

पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुनेजस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन सकेको थिएन । तर एक्साभेटर र लोडर अपरेटरले दिनरात एकसाथ काम गरेर यो पहिरो सोचेभन्दा पहिले पन्छाएका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ८ : २१ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई