शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन « Khabarhub

शिक्षामन्त्री पुनले सीटीईभीटीलाई दिए चार निर्देशन


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)लाई तत्काल कार्यान्वयन हुनेगरी चार निर्देशन दिएका छन्।

मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तन समावेश गर्ने खाका असोज मसान्तभित्र पेश गर्न निर्देशन दिएका छन्। साथै, एकीकृत शैक्षिक क्यालेन्डर तयार गरी परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्यरूपमा प्रकाशन गर्ने व्यवस्था मिलाउन आदेश दिएका छन्।

विद्यार्थी, अभिभावक र शिक्षकका गुनासो सुन्ने र त्यसको अभिलेखीकरण तथा समाधान गर्ने छुट्टै शाखा तुरुन्त गठन गरी सञ्चालनमा ल्याउनुपर्ने पनि मन्त्री पुनको भनाइ छ। यस्तै, २०६९ सालदेखि हालसम्म सम्बन्धनका लागि प्राप्त भएका सम्पूर्ण आवेदनको छानबिन गरी असोज मसान्तभित्र प्रतिवेदन पेश गर्न र सम्बन्धन दिने(नदिने निर्णय तत्काल गर्ने निर्देशनसमेत उनले दिएका छन्।

मन्त्री पुनले फेसबुकमार्फत् आफ्नो निर्देशन सार्वजनिक गर्दै ती कदम तुरुन्तै लागू गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ९ : ३५ बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई